• ११ मंसिर २०८१, मङ्गलबार

चीनमा पुल भत्किदा पाँचजना बेपत्ता

blog

फाइल तस्बिर

बेइजिङ, साउन १९ गते । दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

सिचुआन प्रान्तको स्थानीय सरकारले काङ्गडिङ र लुडिङबिचको राजमार्गमा दुईवटा सुरङ्ग जोड्ने पुल पहिरोका कारण भत्केको बताइएको छ ।

बिहान ११  बजेसम्म छ जना सवार तीनवटा गाडीहरू सडकबाट खसेको अधिकारीहरूले पुष्टि गरेका थिए जसमध्ये एक व्यक्तिको उद्धार गरिएको छ र पाँच बेपत्ता छन्”, सरकारले एक सामाजिक सञ्जालमार्फत जनाएको छ ।

“हाल उद्धारकर्ताहरू घटनास्थलमा खटिएका छन्”, विज्ञप्तिमा भनिएको छ ।

गत महिना उत्तरी साङ्सी प्रान्तको राजमार्गमा पुल खस्दा ज्यान गुमाउनेको सङ्ख्या १२ बाट बढेर ३८ पुगेको र २४ जना अझै बेपत्ता रहेको राज्य सञ्चार माध्यमले शुक्रबार जनाएको हो ।

मे महिनामा, दक्षिणी चीनमा लगातारको वर्षापछि एउटा राजमार्गको पुल भत्किदा ४८  जनाको मृत्यु भएको थियो । रासस/एएफपी