• १९ साउन २०८१, शनिबार

प्रधानमन्त्री ओलीले दिनुभयो महिला भलिबल टिमलाई बधाई

blog

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौँ, साउन १९ गते  । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला भलिबल टिमलाई बधाई दिनुभएको छ  । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले नेपाली टिमलाई बधाई दिनुभएको हो। उहाँले भन्नुभएको छ, ‘‘नेपालको जित  । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ  । बधाई नेपाली टिम ।’’ 

नेपालले पहिलो पटक भारतलाई पराजित गरेको हो  । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो  । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो  । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो  । 

पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो  । नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो  । 

यो पनि पढ्नुहोस

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित