• १९ साउन २०८१, शनिबार

मनसुनजन्य विपदमा परी देशभर एक सय ५० जनाको मृत्यु

blog

फाइल तस्बिर

काठमाडौँ, साउन १९ गते । बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपदमा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्दार गरिएको प्रहरीले जनाएको छ । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन् । रासस