• १९ साउन २०८१, शनिबार

प्रजातन्त्र सेनानी संघको प्रतिक्षा सभा सम्पन्न

blog

काठमाडौँ, साउन १९ गते। शनिबार नेपाल प्रजातन्त्र सेनानी संघको प्रतिज्ञा सभा सम्पन्न भएको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा प्रतिक्षा सभा सम्पन्न भएको हो। 

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ , विशेष अतिथिहरु कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसीलगायतको उपस्थिति थियो। 

नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा प्रतिज्ञा सभा सम्पन्न भएको हो। 

कार्यक्रमका प्रमुख अतिथि गुरुङले केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाललाई प्रतिज्ञा (शपथ) गराउनुभएको थियो भने बालकृष्ण दाहालले सम्पूर्ण केन्द्रीय सदस्यलाई शपथ गराउनुभयो। 

प्रतिज्ञा सभाको लगत्तै केन्द्रीय कार्यसमितिको बैठक प्रारम्भ भएको हो। बैठक आइतबारसम्म जारी रहनेछ।