• १९ साउन २०८१, शनिबार

खोलाले बगाउँदा पुरुष बेपत्ता

blog

राजु लामिछाने

रुकुमपश्चिम, साउन १९ गते । रुकुमपश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका –७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढा झुल्खेतको चुनाखोलाले बगाउँदा बेपत्ता हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज दिउँसो बुढालाई खोलाले बगाएको हो । घरबाट गोठतर्फ जानेक्रममा खोला तर्न खोज्दा चिप्लिएर लडेका बुढालाई खोलाले बगाएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । 

बुढालाई खोलाले बगाएको सूचना पश्चात झुल्खेत, सोलाबाङ क्षेत्रमा प्रहरी परिचालन गरेर खोजी कार्य जारी राखेको बताइएको छ ।