साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जासपद हार खेपेको छ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० गोलले पराजित भयो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औ बैठकले राखेपको आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको राखेप बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले ‘डिजिटल साक्षरता’ले अबको मार्ग प्रशस्त गरेको र ‘उहिलेको पत्रकारिता’ले इतिहासलाई स्मरण गराएको बताउनु भएको छ।
१२ खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो ।
जनार्दन शर्माले राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्नुभएको छ।
निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने स्मरण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्नुहुँदै सो स्मरण गराउनुभएको हो ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानुअघि राजदूत मिश्रले जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौं, साउन १५ गते । 'मिसेस नेपाल कल्चर २०२२' आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझै वृहत र विस्तारित रुपमा अगाडि ल्याएर उहाँहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पुर्याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।आयोजक युहानले एक विज्ञप्तिमार्फत प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा जुनसुकै उमेर समूहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । यस्तै, प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको यस प्रतियोगिताको पहिलो अडिसन साउन २१ गते हुने भएको छ । प्रतियोगिताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारकासाथै विभिन्न अवसरसमेत प्राप्त गर्नेछन् ।
सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बसबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाको सुदामा गाउँबाट सदरमुकाम मलङ्गवा आउँदैगरेको ग १ ख ९४५२ नम्वरको बसबाट लडेर कौडेना गाउँपालिका –३, बस्ने ३५ वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदएिर छानविन कार्यलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ । समिति भित्रै रहेका सत्तारुढ दलका सांसदले छानविन समितिलाई कल डिटेल हेर्न नदिएको टिप्पणी गर्नुभयो ।
काठमाडौं, साउन १५ गते । नारायण रिजालको निर्देशनमा बनेको 'छम्म छम्म नाचौं न' बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको भिडियो 'ओएसआर डिजिटल'मार्फत सार्वजनिक गरिएको हो।शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको गीतमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापामगर, सुस्मिता पौडेल, सपना रिमाल, माया लगायतको अभिनय तथा नृत्य रहेको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको गीतमा योगेश काजीको संगीत तथा एरेन्ज छ । राहुल राईले छायांकन गर्नुभएको भिडियोलाई विष्णु शर्माले सम्पादन गर्नुभएको हो ।
अविनाश चौधरीधनगढी, साउन १५ गते। सुदूरपश्चिम प्रदेश सभाको आइतबार बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ। अपराह्न ३ बजे बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। अर्को बैठक साउन १८ गते बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो। सो विधेयकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका प्रदेश सभा सदस्यहरुको विमति रहेको छ। अघिल्लो बैठकमा विधेयकमाथि सामान्य छलफलमा भाग लिनु भएका प्रदेश सभा सदस्यहरुले विधेयकलाई फिर्ता लिन सरकारलाई सुझाव दिनुभएको थियो। फलस्वरुप, विधेयकमा सहमति जुटाउनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल चलिरहेको जनाइएको छ। उक्त बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरेको बुझिएको छ।