• ४ साउन २०८१, शुक्रबार

'छम्म छम्म नाचौं न' बोलको तीज गीत सार्वजनिक

blog

काठमाडौं, साउन १५ गते । नारायण रिजालको निर्देशनमा बनेको 'छम्म छम्म नाचौं न' बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको भिडियो 'ओएसआर डिजिटल'मार्फत सार्वजनिक गरिएको हो।

शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको गीतमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापामगर, सुस्मिता पौडेल, सपना रिमाल, माया लगायतको अभिनय तथा नृत्य रहेको छ । 

सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको गीतमा योगेश काजीको संगीत तथा एरेन्ज छ । राहुल राईले छायांकन गर्नुभएको भिडियोलाई विष्णु शर्माले सम्पादन गर्नुभएको हो ।