भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवा संरक्षणको पर्खाइमा छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले मासिने जोखिम बढेको छ । सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आएको हुँदा संरक्षणका लागि बेलैमा चासो राख्नुपर्ने माग स्थानीयको छ । भानुभक्त मामा घर मानहुँ
कास्कीको मादी गाउँपालिकाको सिक्लेसदेखि कोरीसम्म केबलकार बन्ने भएको छ । निर्माणको स्वीकृति पाएसँगै केबलकार निर्माणका लागि स्थानीयबीच पहिलो वातावरणीय मूल्याङ्कन (ईआईए)सहितको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि समूहले नै कास्कीको मादीमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । करिब चार अर्बको लागतमा केबलकार निर्माण गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । केबलकार ६.४ किलोमिटरको हुनेछ । सिक्लेसको प्वरयुमदेखि कोरिसम्म तीनवटा स्टेसन प्वरयुम, तसल्ही र कोरी)सम्म तीनवटा स्टेसन रहने छन् ।
जीर्ण र जोखिमयुक्त भएको कपुरकोट–निगालपानी सडकको स्तरोन्नति कार्य सन्तोषजनक नभएको भनी नागरिकस्तरबाट विरोध गरिएको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुङ्गा ढुवानी गर्ने टिप्परका कारण कपुरकोट गाउँपालिका क्षेत्रको सडकमा अत्यधिक जोखिम र समस्या निम्त्याइएको भन्दै नागरिकस्तरबाट लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।
धनगढी गाउँमा आइतबार बिहानैदेखि नुहाइधुवाइ गरेर मौलिक परिकार पकाउनमा महिला व्यस्त थिए । पुरुष पनि घरधन्दामै मस्त, बालबालिका रमाइरहेका थिए । धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ राना थारू समुदायको सबैभन्दा पुरानो बस्ती हो । सोही गाउँमा आइतबार धूमधामसँग तीज पर्व मनाएका छन् । यद्यपि, हिन्दु महिलाले मनाउने तीज पर्वचाहिँ यो होइन । कैलाली, कञ्चनपुरका राना थारू समुदायले आइतबार तीज पर्व मनाएका छन् । तीज यो समुदायको सबैभन्दा ठूलो पर्व हो ।
दशरथचन्द नगरपालिका–१०, झुलाघाट बजारका शौचालयको ढल सिधै महाकाली नदीमा मिसाउने गरिएको छ । बैतडी जिल्ला खुला दिसामुक्त भए पनि सदरमुकाम, गढी, गोठालापानी र शाहीलेक क्षेत्रका शौचालयका ढल भरिएपछि नदीमा मिसाउने गरिएको छ । नगरपालिकासँग शौचालयका ढल व्यवस्थित गर्ने योजना नहुँदा महाकाली नदीमा ढल मिसाइने गरिएको छ । बजार क्षेत्रका सेफ्टी टङ्की खाली गर्नेक्रममा निकालिएको फोहोर समेत नदीमै फालिने गरिएको छ ।
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मजदुर आन्दोलनमा उत्रिएका छन् । कमलामाई नगरपालिका–२, कुसुमटारमा सुरुङ मार्गको प्रवेशद्वार निर्माणमा संलग्न छ सयभन्दा बढी मजदुर, ठेकेदार, चिनियाँ कम्पनीका कर्मचारीले दुव्र्यवहार गरेको भन्दै दुई दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
विद्युत् आयोजना बनाउने भन्दै विद्युत् खरिद बिक्री सम्झौतासमेत गर्ने तर आयोजना नबनाउने प्रवृत्तिविरुद्ध सरकार कठोर बन्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले खोला ओगटेर बस्ने यस्तो प्रवृत्ति निस्तेज पारिने बताउनुभएको हो ।
आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सिमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो ।
बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन पूरा गरी आएका चिकित्सकहरूबीच पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। बङ्गलादेशमा अध्ययन गरेर फर्केका चिकित्सकहरूबीच आपसमा सहयोग तथा सद्भावको भावनाले पुनर्मिलन कार्यक्रमको आयोजना गरिएको हो। ‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बङ्गलादेश’का अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले नेपालमा बङ्गलादेशबाट अध्ययन पूरा गरेका चिकित्सक पाँच हजार रहेको जानकारी दिनुभयो।
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न स्थानमा पहिरो तथा खोलाको कटानले यातायात अवरुद्ध भएको छ ।
सोमबार देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । त्यसैले देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू) को कालो सूची (हवाई प्रतिबन्ध) मा रहेको नेपालबारे पुनर्विचार गर्न ईयूको प्रतिनिधि टोली नेपाल आउने भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मूल्याङ्कनमा नेपालले औसतभन्दा राम्रो नतिजा ल्याएको र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा नेपाल विश्वको औसतभन्दा उच्च अवस्था देखिएपछि ईयू विनासर्त अडिट गर्न नेपाल आउने भएको हो।
बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशित गरेको पत्रकारितासम्बन्धी दुईवटा पुस्तक सार्वजनिक गरिएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उहिलेको पत्रकारिता र डिजिटल साक्षरतासम्बन्धी पुस्तक सार्वजनिक गर्नुभएको हो। उहिलेको पत्रकारितामा ज्येष्ठ पत्रकारहरूको अनुभव र डिजिटल साक्षरतामा सञ्चार प्रविधिसम्बन्धी विषय समेटिएको छ। पुस्तक विमोचन गर्दै मन्त्री खनालले समाजको अवस्थाका बारेमा जानकारी प्राप्त गर्न सूचना प्रविधिसँग जोडिनु आवश्यक भएको बताउनुभयो। उहाँले पछिल्लो समय विकसित भएको प्रविधिको प्रयोग नगरेमा पछाडि पर्ने बताउँदै प्रकाशित दुवै पुस्तक इतिहासको उत्खनन भएको बताउनुभयो। दुवै पुस्तकले हिजो हामी कहाँ थियौँ र अब हामी कता जाँदै छौँ भन्ने जानकारी प्राप्त गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ कलौनी बस्ने ४३ बर्षीय कुलचन्द्र गौतमले ऋण तिर्न नसकेपछि ट्रक व्यवसायी विष्णुबहादुर पाण्डेको हत्या गरेका छन ।
स्थानीय सरकारलगायत सरोकारवाला निकायले ध्यान नदिँदा रामेछाप नगरपालिकास्थित कालिका ईश्वरी आधारभूत विद्यायल विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ। नगरपालिका तथा सरोकारवाला निकायले वास्ता नगर्दा रामेछाप नगरपालिका–३, साँघुटार बाँकीमैरीमा सात वर्षअघि निर्माण सुरु भएको सो विद्यायलको भवन निर्माण अलपत्र बनेको हो। विद्यालय भवन नबन्दा बालबालिका भूकम्पले भत्किएको ट्रसमा पढ्न बाध्य भएको स्थानीय अभिभावक हरिबहादुर प्रधानले बताउनुभयो। उहाँका अनुसार यो विद्यालय भवन निर्माणका लागि अहिलेसम्म भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको ३६ लाख, वडा कार्यालयको दुई पटक गरी दस लाख र स्थानीय रमेश प्रधानले सहयोगस्वरूप प्रदान गरेको ५० हजार रुपियाँ गरी ४६ लाख ५० हजार रुपियाँभन्दा बढी खर्च भइसकेको छ।