सोमबार देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । त्यसैले देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू) को कालो सूची (हवाई प्रतिबन्ध) मा रहेको नेपालबारे पुनर्विचार गर्न ईयूको प्रतिनिधि टोली नेपाल आउने भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मूल्याङ्कनमा नेपालले औसतभन्दा राम्रो नतिजा ल्याएको र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा नेपाल विश्वको औसतभन्दा उच्च अवस्था देखिएपछि ईयू विनासर्त अडिट गर्न नेपाल आउने भएको हो।
बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशित गरेको पत्रकारितासम्बन्धी दुईवटा पुस्तक सार्वजनिक गरिएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उहिलेको पत्रकारिता र डिजिटल साक्षरतासम्बन्धी पुस्तक सार्वजनिक गर्नुभएको हो। उहिलेको पत्रकारितामा ज्येष्ठ पत्रकारहरूको अनुभव र डिजिटल साक्षरतामा सञ्चार प्रविधिसम्बन्धी विषय समेटिएको छ। पुस्तक विमोचन गर्दै मन्त्री खनालले समाजको अवस्थाका बारेमा जानकारी प्राप्त गर्न सूचना प्रविधिसँग जोडिनु आवश्यक भएको बताउनुभयो। उहाँले पछिल्लो समय विकसित भएको प्रविधिको प्रयोग नगरेमा पछाडि पर्ने बताउँदै प्रकाशित दुवै पुस्तक इतिहासको उत्खनन भएको बताउनुभयो। दुवै पुस्तकले हिजो हामी कहाँ थियौँ र अब हामी कता जाँदै छौँ भन्ने जानकारी प्राप्त गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ कलौनी बस्ने ४३ बर्षीय कुलचन्द्र गौतमले ऋण तिर्न नसकेपछि ट्रक व्यवसायी विष्णुबहादुर पाण्डेको हत्या गरेका छन ।
स्थानीय सरकारलगायत सरोकारवाला निकायले ध्यान नदिँदा रामेछाप नगरपालिकास्थित कालिका ईश्वरी आधारभूत विद्यायल विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ। नगरपालिका तथा सरोकारवाला निकायले वास्ता नगर्दा रामेछाप नगरपालिका–३, साँघुटार बाँकीमैरीमा सात वर्षअघि निर्माण सुरु भएको सो विद्यायलको भवन निर्माण अलपत्र बनेको हो। विद्यालय भवन नबन्दा बालबालिका भूकम्पले भत्किएको ट्रसमा पढ्न बाध्य भएको स्थानीय अभिभावक हरिबहादुर प्रधानले बताउनुभयो। उहाँका अनुसार यो विद्यालय भवन निर्माणका लागि अहिलेसम्म भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको ३६ लाख, वडा कार्यालयको दुई पटक गरी दस लाख र स्थानीय रमेश प्रधानले सहयोगस्वरूप प्रदान गरेको ५० हजार रुपियाँ गरी ४६ लाख ५० हजार रुपियाँभन्दा बढी खर्च भइसकेको छ।
वर्तमानमा इन्टरनेट सूचना प्रविधिको निकै सशक्त माध्यम हो। शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवाजस्ता आमसरोकारका विविध पक्षलाई इन्टरनेटको माध्यमबाट प्रभावकारी तवरले सञ्चालन गर्न निकै सघाउ पुग्छ। सूचना प्रविधिको यस युगमा पनि भौगोलिक कारणका अतिरिक्त साधनस्रोतको अभावमा नेपालका सबै जिल्लामा इन्टरनेट सेवाको पहुँच नपुगेको कटु यथार्थ हामीसामु छ। यस अवस्थामा देशका सबै प्रदेश, जिल्ला, वडालगायत सार्वजनिक निकायमा उच्च गतिको इन्टरनेट सेवा पहुँच निकै महत्वपूर्ण एवं आवश्यक पक्ष थियो। यसबाट ग्रामीण क्षेत्रसमेत आधुनिक सूचना प्रविधिको माध्यमबाट प्रभावकारी एवं गुणस्तरीय सेवा प्राप्त हुन्छ। नयाँ जानकारी तत्कालै थाहा हुन्छ। यिनै तथ्यलाई मनन गर्दै सरकारले देशभरि गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउन ग्रामीण दूरसञ्चार विकास कोषको परियोजना सुरु गरेको थियो। पाँच वर्षअघि सुरु गरिएको यो परियोजनाबाट यही असार मसान्तसम्म देशका सबै क्षेत्रमा द्रुत गतिको इन्टरनेट सेवा पु-याउने कार्य सम्पन्न भएको छ।
मानिसले जानेर अपराध गर्दैन भन्ने आममान्यता हो। सामान्यतः अपराध कानुनको उल्लङ्घन हो। नैतिकताविरुद्धको काम हो। अरूलाई प्रताडित गर्ने मनोविज्ञानसमेत हो। नियतवश गरिने गलत काम हो, जसलाई कानुनले दण्डित गर्न सक्छ। पछिल्लो समय नजानेरभन्दा पनि जानाजान योजनाबद्ध रूपमा अपराध हुन थालेका छन्। अनाहकमा निर्दोष नागरिकको ज्यान लिने, उसलाई फसाउने वा लुट्ने प्रवृत्ति बढेको छ। मानिस काममा व्यस्त रहन पाएन भने अपराधमा लाग्न सक्छ भन्ने मान्यता हो तर मानिस आफूले गरिरहेको कामबाट कसरी अरूलाई फसाएर फाइदा लिन सकिन्छ भन्ने मनोवृत्तिबाट समेत परिचालित हुने रहेछ।
संसारको अति विकसित, विकसित र विकासशील राष्ट्रमा स्थानीय तहले थुप्रै विश्वविद्यालयसमेत सञ्चालन गरेको पाइन्छ। नेपालमा भने संविधानको छिद्र खोजेर शिक्षालाई पूरै केन्द्रीय सरकारको नेतृत्व र दायरामा राख्न खोज्नु भनेको शिक्षाको विकास हुन नदिनु हो। अझ भन्ने हो भने शिक्षामाथि राजनीतिक हस्तक्षेप गर्नु र दबदबा राख्नु हो। देशमा बढ्दै गरेको शैक्षिक बेरोजगार, परम्परावादी शिक्षा प्रणाली, शिक्षामा सीप र उद्यमशीलतालाई जोड्न नसक्नु आजको शिक्षाको प्रमुख चुनौती हो। देशको समग्र आर्थिक विकास र सामाजिक रूपान्तरणको मुख्य वाहकका रूपमा काम गर्नुपर्ने दक्ष जनशक्ति नेपालबाट पलायन भइरहनु र विदेसिएका प्रतिभा भिœयाउन राज्यले केही गर्न नसक्नु आजको ठूलो समस्या हो।
अहिले संसारभरका अर्थतन्त्र सहज अवस्थामा छैनन्। खासगरी अर्थतन्त्रमा दुईवटा ठूला घटनाबाट प्रभावित छन्। पहिलो, तीन वर्षअघि चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड) प्रभावबाट अर्थतन्त्र नराम्ररी थलियो। लगानीमा प्रभाव प-यो। कोरोनाले उद्योगधन्दा ठप्प हुँदा विश्वभर नै रोजगारीमा असर प-यो। त्यसमा सेवा क्षेत्रको अर्थतन्त्रमा आधारित मुुलुक थला नै बसे । श्रीलङ्का अहिले टाट उल्टिएका कारण पर्यटन अर्थतन्त्र धराशायी हुनुसमेत एक कारण हो। दोस्रो, कारोनाबाट मुक्त नभए पनि बिस्तारै माथि उठ्न थालेको अर्थतन्त्रमा पाँच महिनाअघि सुरु भएको रुस र युक्रेनबीचको युद्धले व्यापक प्रतिकूलता ल्याएको छ। यो पाँच महिनामा विश्व व्यापार आधाले घटेको छ। गत वर्ष १० प्रतिशतले वृद्धि भएकोमा यो वर्ष पाँच प्रतिशतले खुम्चने अवस्था सिर्जना भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यो वर्ष विश्व आर्थिक वृद्धि तीन दशमलव छ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ। अघिल्लो वर्ष छ दशमलव एक प्रतिशतले वृद्धि भएको हेर्ने हो भने यो आधाले खुम्चिएको अवस्था हो। विश्व नै यस्तो छ भने नेपाल कसरी अपवाद होला ?
सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७४५ वटा गाईभैँसीका धनीलाई सुत्केरी भत्ता वितरण गरेको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा पौष्टिक आहारास्वरूप सुत्केरी गाईभैँसीलाई भत्ता वितरण गरेको जनाएको छ। नगरपालिकाले २०७५ मङ्सिर महिनादेखि ब्याएका गाईभैँसीलाई सुत्केरी खाद्यान्न सहयोगस्वरूप नगद एक हजार रुपियाँ भत्ता दिन सुरु गरेकोमा त्यसलाई वृद्धि गरी प्रतिपशु दुई हजार रुपियाँ पु-याएको छ।
हरेक वर्षझैँ अगस्त १ देखि ७ सम्म नेपालमा पनि ‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ। विश्व स्तनपान सप्ताहको मुख्य उद्देश्य स्तनपानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गरी विश्वभरका आमा, शिशु तथा बालबालिकाको स्वास्थ्य सुरक्षा गर्नु हो। आमा तथा शिशुको सर्वोपरि स्वस्थ जीवनका लागि स्तनपानको महìवबारे व्यापक चेतना अभिवृद्धि गर्न विश्व स्तनपान सप्ताह मनाउन परिवार, समुदाय, स्वास्थ्य, शिक्षा, सेवा, कार्यस्थल, सङ्घसङ्गठन तथा राष्ट्रलाई सघाउन यस वर्षको नाराले आह्वान गरेको छ। स्तनपान सप्ताहलाई विश्वव्यापी रूपमा सन् १९९२ देखि हरेक वर्ष अगस्त महिनाको १–७ तारिखसम्म मनाउन सुरु गरिएको हो।
हेटौँडा उपमहानगरपालिकाले मानव स्वास्थ्यसँग जोडिएको औषधि खरिदमा समेत लापरबाही गर्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा औषधि खरिदमा समेत लापरबाहीसँगै औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्च विवरणको अभिलेख नराख्ने गरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा उपमहानगरपालिकाले खरिद गर्ने गरेको औषधिमा लापरबाही भएको उल्लेख छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा लापरबाही भएको सङ्केत गर्दै औषधिको गुणस्तरमा समेत आश्वस्त हुने अवस्था सिर्जना गर्न सुझाइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयको साखलाई थप उच्च बनाउन तथा कसैले औँला ठड्याउन नसक्ने गरी काम गर्न मातहत निकायका प्रमुख र कर्मचारीलाई निर्देशन दिनुभएको छ।
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि रिले अनशनमा बसेका चुरे अभियानकर्ता तथा सुकुम्बासीले आइतबार सुतेर धर्ना दिएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालको आयोजनामा भइरहेको रिले अनशनमा बसेका चुरे संरक्षण अभियानकर्ता र सुकुम्बासीले माग पूरा गर्न दबाब दिँदै मुख्यमन्त्री कार्यालयअगाडि सुतेर धर्ना दिएका हुन्।
भारतीय राजदूतावासको सहयोगमा धनगढीमाई नगरपालिका–११, छपरारीमा निर्मित महेन्द्र गेनाई प्रसूति तथा बाल कल्याण अस्पताल सञ्चालनका लागि स्थानीयवासीले माग गरेका छन्। २०६० सालमा भारतीय राजदूतावासले दुई करोड २९ लाख ४४ हजार ७१४ रुपियाँ स्वीकृत गरेको थियो। २०६४ सालमा शिलान्यास गरी सो रकमबाट २०६८ सालमा अस्पताल निर्माण सम्पन्न भएको अस्पताल समितिका अध्यक्ष गङ्गाराम महतोले जानकारी दिनुभयो।