• ४ साउन २०८१, शुक्रबार

जेडी भान्सद्वारा अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्ताव स्वीकार

blog

वासिङ्टन, साउन ४ गते । जेडी भ्यान्सले रिपब्लिकन पार्टीबाट अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्तवलाई स्वीकार गर्नुभएको छ । विस्कन्सिनको मिलवाउकीमा चलिरहेको रिपब्लिकन राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपतिको उम्मेवार बन्ने प्रस्तावलाई स्वीकार गर्नुभएको हो ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको प्रस्तावलाई उहाँले स्वीकार गर्नुभएको हो । डोनाल्ड ट्रम्पको उपराष्ट्रपति चयनको रूपमा राष्ट्रसामु आफूलाई चिनाउँदै भ्यान्सले रिपब्लिकन पार्टीले संघर्षरत अमेरिकीहरू, विशेष गरी बेवास्ता गरिएको श्रमिक वर्गले सामना गरेका कठिनाइहरूप्रति सबैभन्दा बढी आत्मीयता देखाएको बताउनुभयो ।

३९ वर्षीय भ्यान्सको बाल्यकाल उथलपुथल थियो । उहाँ कुनै समय ट्रम्पको कडा आलोचक हुनुहुन्थ्यो । तर २०२१ मा ट्रम्पलाई भेटेपछि आफ्नो विचार परिवर्तन गर्नुभयो । घनिष्ठ सहयोगी र कट्टर रक्षक बन्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल