सदरमुकाम सिमकोटको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार र वडा नं. ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा सो जीवाणु भेटिएको हो ।
हिल्सा जोड्ने कर्णाली कोरिडोर एक हप्तादेखि बन्द छ । दैनिकजसो पानी परेपछि भर्खरै खुला गरिएको ट्र्याक हिलाम्मे भएका कारण यातायात सञ्चालन हुन सकेको छैन । ट्रकचालक महावीर खड्काका अनुसार कोरिडोरको लाफा सडकखण्ड आइतबारदेखि बन्द भएको छ । सडकमा गाडी फसेको अवस्था छ । फसेको गाडी निकाल्ने कुनै साधन नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन् । हिलो सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्काले बताउनुभयो ।
जिल्ला मुस्ताङको जोमसोम–कोराला सडक खण्डको पाण्डा खोलामा अवरुद्ध सडक खुलाउने क्रममा करेन्ट लागेर एक जना प्रहरी गम्भीर घाइते हुनुभएको छ। बिहीबार बेलुकादेखिको वर्षाले गर्दा पाण्डा खोलामा आएको बाढीले आफ्नो धार परिवर्तन गर्दा शुक्रबार बिहानैदेखि पटक पटक अवरुद्ध भएको सडक खुलाउने क्रममा साँझ करेण्ट लाग्दा घाइते हुनुभएको थियो।
‘अफ सिजन’ (बेमौसम) एवं बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार हाल पदमार्ग आएका पर्यटकमा स्वदेशीभन्दा विदेशी पर्यटक बढी देखिएको छ। आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोमसम्म पुग्ने गर्छन्। केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ।
शून्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । शनिबार मात्रै गुल्मी जिल्लामा ११ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । शनिबार २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
गण्डकी प्रदेशको संसद्मा बल्ल चुच्चे नक्सा पारित भएको छ। प्रदेश सभा नियमावलीको अनुसूची ८ मा रहेको प्रदेश सभाको प्रतीक चिन्ह (लोगो)मा समावेश नेपालको परिमार्जित नक्सालाई समावेश गर्ने प्रस्ताव पारित गरेको हो। प्रतिनिधि सभाले दुई वर्ष अगाडि पारित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्साकृति प्रस्ताव पारित भइसकेको छ।
हिमाली सोलार मिनी ग्रिड कार्यक्रमबाट एउटै गाउँपालिकाका चारवटा बस्तीमा १२५ किलोवाट विद्युुत् उत्पादन भएको छ । नेपाल सरकारको वैकल्पिक ऊर्जा कार्यक्रम र कर्णाली प्रदेश सरकारको लागत साझेदारीमा सौर्य विद्युत् उत्पादन गरिएको हो ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायीमा निराशा छाएको छ । अर्बाैं लगानी गरेर होटल खोलेका व्यवसायी पूर्ण क्षमतामा विमानस्थल सञ्चालन नहुँदा निराश देखिएका हुन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटक आवागमन बढ्ने र व्यवसाय फस्टाउने उनीहरूको अपेक्षा थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नाममा हुने ठगी बढेकाबारे सूक्ष्म रूपमा अध्ययन थालेको छ । मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीहरूले तोकेकोभन्दा बढी शुल्क लिएर वा फर्जी कागजात बनाएर वैदेशिक रोजगारीमा पठाउने क्रम नरोकिएको गुुनासो बढेपछि सम्बन्धित म्यानपावरको सूक्ष्म अध्ययन थालेको जनाएको हो ।
प्रेस सेन्टर नेपालले केन्द्रीय समितिमा ६१ सदस्यीय पदाधिकारी सर्वसम्मतिले चयन गरेको छ। सेन्टरको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले सर्वसम्मतिमा पदाधिकारी चयन गरेको छ। मङ्सिर १९ गते चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’लाई सर्वसम्मतिमा चयन गरी पदाधिकारी बाँकी राखेको थियो। सेन्टरको वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन हुनुभएको छ। प्रदेशअनुसार १५ जना खुला उपाध्यक्ष चयन हुनुभएको छ। समावेशी उपाध्यक्ष गोरखापत्रका उपेश महर्जन र सुरेश यादवसहित चार जना चयन हुनुभएको छ। सेन्टरमा उपाध्यक्षको सङ्ख्या २० रहेको छ।
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीका तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थ क्षेत्र सहमत भएको छ। अयोध्या भ्रमणमा रहनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले सहमति जनाएको निधिको सचिवालयले जनाएको छ। रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिएको पनि निधिको सचिवालयले जनाएको छ।
यी हरफ नुनिलो पानीले भरिएको समुद्री यात्रामा काकाकुल बनेको एक नाविकले पिउन एक थोपा पनि पानी नपाउँदा व्यक्त गरेका हुन्। विश्व प्रसिद्ध कवि सामुएल टेयलर कलरिजले सन् १८३४ मा लेखेको दि रिम अफ दि एन्सिएन्ट मारिनरमा उल्लेख गरेको यो पङ्क्ति समुद्रको हो। तर यो तालैतालको सहर पोखरामा अहिले खानेपानीको चरम अवस्थालाई अभिव्यक्त गर्न उत्तिकै सान्दर्भिक देखिन्छ। पोखरा क्षेत्रमा नौवटा ताल छन्।
वन्यजन्तु संरक्षणको दिशामा नेपालले राम्रै फड्को मारेको छ। प्रकृतिको अनुपम उपहारमा रहेको पाटे बाघको सङ्ख्या लक्षित समयमा दोब्बरभन्दा बढी पार्ने पहिलो मुलुक बनेर नेपालले यो फड्को मारेको हो। यो विषय निश्चित रूपमा नेपाल राष्ट्र, संरक्षणकर्मी, आम नागरिक तथा समग्रमा विश्व वन्यजन्तु क्षेत्रका लागि खुसी एवं सन्तुष्टिका रूपमा लिन सकिन्छ। हुन पनि पाटे बाघ संसारकै दुर्लभ वन्यजन्तु हो। यो नेपाललगायत विश्वका १३ मुलुकमा मात्र पाइन्छ। चोरीसिकारी, बासस्थान तथा आहारा अभावलगायतका कारणले पाटे बाघ लोपोन्मुख अवस्थामा पुगेको थियो। लोप हुनु विश्व वन्यजन्तु एवं पर्यावरणीय दृष्टिकोणबाट निकै दुखद विषय थियो। परिणामस्वरूप बाघको विश्वव्यापी संरक्षण हरेक दृष्टिकोणबाट अति नै महŒवपूर्ण रूपमा लिइन थाल्यो। फलस्वरूप सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्ग सहरमा पहिलो विश्व बाघ सम्मेलन सम्पन्न भयो। त्यस सम्मेलनले बा
पहिले प्रवेशिका वा एसएलसी र अहिले एसईई अर्थात् माध्यमिक शिक्षा परीक्षा भनिने तहको नतिजा प्रकाशन भएपछि यससम्बन्धी विभिन्न टीकाटिप्पणी बाहिर आएका छन्। स्तर (ग्रेड) प्राप्त गर्ने दृष्टिले गत सालभन्दा पनि नतिजा खस्किएको विषयले हाम्रो शिक्षाको गुणस्तरका सम्बन्धमा चर्चा चल्नु स्वाभाविक हो। शिक्षा भनेको भविष्यको मानव पुँजीसँग जोडिएको विषय हो। तसर्थ यहाँनेर कुनै एक तहमा कति विद्यार्थी कुन स्तरमा उत्तीर्ण भए भन्नुभन्दा पनि आधारभूत रूपमा हाम्रो शिक्षा नीति र प्रणाली कता तेर्सिएको छ भनेर समीक्षा गर्ने बेला भइसकेको छ।
श्रीलङ्काको राजनीतिक र आर्थिक अवस्था सङ्कटग्रस्त छ। जसका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले देश छाड्नुप-यो। नयाँ नेतृत्वलाई पनि त्यहाँको राजनीतिक र आर्थिक अवस्था सुधार गर्न कम चुनौती छैन। नेपालको अर्थतन्त्रलाई पनि श्रीलङ्कासित तुलना गरेर हेर्ने गरिएको छ। नेपाल श्रीलङ्कातर्फ उन्मुख छैन भन्ने विश्लेषणसमेत दह्रो रूपमा गर्न थालिएको छ। तीन वर्षअघि भेनेजुएलाले पनि यस्तै प्रकारको सङ्कट बेहोर्नुप-यो। अस्थिर राजनीतिक, आर्थिक अवस्थाका कारण त्यहाँ ठूलो आन्दोलन भयो। गलत अर्थनीति र राजनीतिक द्वन्द्वका कारण त्यहाँको अर्थतन्त्र धाराशायी भएको हो। त्यहाँको सरकारले मुद्रास्फीतिलाई सन्तुलन गर्न सकेन। त्यसकारण भेनेजुएलाको अर्थतन्त्र अझै सङ्कटमा छ।