• २५ असार २०८१, मङ्गलबार

सौर्य विद्युत् उत्पादन

blog

हुुम्ला समाचारदाता

हुम्ला, साउन १५ गते । हिमाली सोलार मिनी ग्रिड कार्यक्रमबाट एउटै गाउँपालिकाका चारवटा बस्तीमा १२५ किलोवाट विद्युुत् उत्पादन भएको छ । नेपाल सरकारको वैकल्पिक ऊर्जा कार्यक्रम र कर्णाली प्रदेश सरकारको लागत साझेदारीमा सौर्य विद्युत् उत्पादन गरिएको हो । 

हुम्लाको ताँजाकोट गाउँपालिका–४, सिरुपाटा गाउँकी जानकी थापाले गाउँमै निर्माण भएको सोलार मिनी ग्रिडबाट उत्पादन भएको विद्युुत् उपभोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । सो गाउँका लागि २० किलोवाट विद्युुत् उत्पादन भएको हो । मिनी ग्रिडबाट विद्युुत् उत्पादन सुुरु भएसँगै दियालो र टुुकीमाराबाट मुक्ति मिलेको छ । 

ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले वडा नं. ४ र ५ का चार बस्तीमा गरी १२५ किलोवाट सौर्य विद्युुत् उत्पादन भएको बताउनुुभयो । उहाँले वडा नं. ४ को सिरुपाटामा २० किलोवाट र गोठेलवाडामा ५० किलोवाट तथा वडा नं. ५ को चिहीमा १५ किलोवाट र लोटपाटामा ४० किलोवाट विद्युुत् उत्पादन भएको जानकारी दिनुभयो । 

विद्युुत् उत्पादन भएपछि दुुवै वडाका सबै बस्तीमा विद्युुतीकरण भएको छ । यसका लागि एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा वैकल्पिक ऊर्जा कार्यक्रमबाट आठ करोड र कर्णाली प्रदेश सरकारको कर्णाली उज्यालो कार्यक्रमबाट ८४ लाख गरी कुुल आठ करोड ८४ लाख रुपियाँको लागतमा सो मिनी ग्रिड निर्माण भएको हो ।