• २५ असार २०८१, मङ्गलबार

ठगीविरुद्ध सूक्ष्म अध्ययन

blog

काठमाडौँ, साउन १५ गते ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नाममा हुने ठगी बढेकाबारे सूक्ष्म रूपमा अध्ययन थालेको छ । 

मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीहरूले तोकेकोभन्दा बढी शुल्क लिएर वा फर्जी कागजात बनाएर वैदेशिक रोजगारीमा पठाउने क्रम नरोकिएको गुुनासो बढेपछि सम्बन्धित म्यानपावरको सूक्ष्म अध्ययन थालेको जनाएको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नियमअनुसार मलेसियालगायत खाडी देशमा शून्य लागतमा श्रमिक पठाउनुपर्नेमा ठूलो रकम लिएर पठाउने गरेको, गलत तरिकाले रकम असुल्ने गरेको, श्रमिकको फर्जी 

स्वास्थ्य परीक्षण गराएको पाइएकाले यस्ता म्यानपावर कम्वनीविरुद्ध खरो उत्रिन्छौँ भनिएको छ । 

विदेश जानुपूर्व अनिवार्य रूपमा लिनुपर्ने अभिमुखीकरण तालिममा सहभागी भएकालाई पनि सहभागी भएको भनेर कागज पेस गर्नेलगायतका विकृति बढेको भन्दै आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।  

श्रम मन्त्रालयले विज्ञप्तिमार्फत प्रचलित वैदेशिक रोजगार ऐन २०६४ विपरीत काम भइरहेकामा सतर्कता अपनाउन ध्यानाकर्षण गर्दै ऐनविपरीत काम गर्नेविरुद्ध उजुरी दिन सेवाग्राहीलाई आग्रह गरेको छ । 

मन्त्रालयले वैदेशिक रोजगारीको सन्दर्भमा ठगीमा परेका, बढी पैसा दिन बाध्य पारिएका अलपत्र परेका पीडितलाई मन्त्रालयमा रहेको कल सेन्टर ११४ र १६६००१५०००५ तथा फेसबुक, इमेल तथा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी आफ्नो समस्या टिपाउन अनुरोध गरेको छ । मन्त्रालयका अनुसार विभिन्न जिल्लाबाट पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा लिखित वा मौखिक उजुरी दिन अपिल गरिएको छ ।