• ४ साउन २०८१, शुक्रबार

सिमलताल पहिरोः विकका परिवारलाई दुई लाख सहयोग

blog

चितवन, साउन  ४ गते । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च दुई लाख प्रदान गरेको छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएकाे सुरक्षाकर्मीले बताएका छन् । रासस