• ४ साउन २०८१, शुक्रबार

फापरखेतको पहिरोले यातायात अवरुद्ध

blog

सडक अवरुद्ध बनेपछि पश्चिम भेगमा खाद्यान्न अभाव हुनथालेको छ । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), साउन ४ गते । म्याग्दीको पश्चिम भेगलाई सडक सञ्जालसँग जोड्ने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका –४, र मङ्गला गाउँपालिका–२, को सिमानामा पर्ने फापरखेतमा पहिरो गएको छ । 

सडकमाथिबाट झरेको पहिरोका कारण एकसातादेखि यातायात अवरुद्ध भएको छ । सिधा यातायात अवरुद्ध भएपछि मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।