श्रीलङ्काको राजनीतिक र आर्थिक अवस्था सङ्कटग्रस्त छ। जसका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले देश छाड्नुप-यो। नयाँ नेतृत्वलाई पनि त्यहाँको राजनीतिक र आर्थिक अवस्था सुधार गर्न कम चुनौती छैन। नेपालको अर्थतन्त्रलाई पनि श्रीलङ्कासित तुलना गरेर हेर्ने गरिएको छ। नेपाल श्रीलङ्कातर्फ उन्मुख छैन भन्ने विश्लेषणसमेत दह्रो रूपमा गर्न थालिएको छ। तीन वर्षअघि भेनेजुएलाले पनि यस्तै प्रकारको सङ्कट बेहोर्नुप-यो। अस्थिर राजनीतिक, आर्थिक अवस्थाका कारण त्यहाँ ठूलो आन्दोलन भयो। गलत अर्थनीति र राजनीतिक द्वन्द्वका कारण त्यहाँको अर्थतन्त्र धाराशायी भएको हो। त्यहाँको सरकारले मुद्रास्फीतिलाई सन्तुलन गर्न सकेन। त्यसकारण भेनेजुएलाको अर्थतन्त्र अझै सङ्कटमा छ।
आज देशभर मेघ गर्जन साथ चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एसिड आक्रमणमा परेका व्यक्तिको उपचार उपत्यकाका चार अस्पतालबाट निःशुल्क उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयले आकस्मिक उपचारपछि थप उपचारका लागि उपत्यकाका चार अस्पतालबाट एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार व्यवस्था गरिएको बताउनुभयो । एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधिअनुसार एसिड आक्रमणमा परेका व्यक्तिको उपचार निःशुल्क गरिने व्यवस्था गरिएको छ ।
नेपाली समाजमा पाटे बाघको नाम नसुनेको र बाघले मानिस मारेको खबर नसुनेको पनि कमै होलान्। कतिपय मानिसलाई बाघको नाम सुन्नासाथ आङ सिरिङ्ग भई जिउ फुलेर आउँछ। अझ जो कोहीलाई अब नेपालले बाघ बेच्नुपर्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । नेपाली समाजमा जो कोहीलाई बाघको पीडा कम गर्न बाघ मार्ने विचार पनि आउन सक्छ। हो बाघलाई मार्नुभन्दा बेच्नु नै उत्तम उपाय हुन्छ भन्ने बलियो मत पनि बजारमा छ तर नेपालमा बाघ बेच्ने प्रचलन किन छैन ? यसतर्फ पनि सोच्नुपर्ने बेला आएको छ।
सातवटै प्रदेश र लगभग सबै पालिकाले आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन्। सबै प्रदेशको बजेटमा विभिन्न नाममा युवा उद्यमशीलता र रोजगारीको कुरा उठाएका छन्। स्थानीय सरकारले युवा रोजगारीभन्दा पूर्वाधार विकासमा नै बढी जोड दिएको छ। युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन प्रवद्र्धन गर्न स्टार्टअप व्यवसायमा सुरुवाती पुँजी उपलब्ध गराउने योजना सरकारको छ। त्यसैगरी परियोजनाको आधारमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न च्यालेञ्ज फन्ड स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत हाल्ने व्यवस्था मिलाउने बताउनुभएको छ। उहाँले दाँत नभएका कारण ज्येष्ठ नागरिकले हाँस्नसमेत सङ्कोच मान्नुपर्ने अवस्था रहेको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “त्यस्ता ज्येष्ठ नागरिकलाई नगरपालिकाले निःशुल्क दाँत हाल्ने व्यवस्था गर्ने छौँ।” उहाँले नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत हाल्ने नीति अघिसारेको बताउनुभयो।
दोलखाको भीमेश्वर नगरपालिका–१ मा पौराणिक कला संस्कृति झल्काउने गरी कलात्मक रूपमा क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको छ। करिब आठ दशकअघि बनेको यो केन्द्र भूकम्पले भत्केपछि ढिलै भए पनि पुनर्निर्माण सुरु भएको निर्माण समिति कोषाध्यक्ष मुकुन्द शिवाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार वि.सं. २००१ देखि २००२ सम्म खप्तड बाबा यहाँ रहनु भई उहाँले नै कुटी निर्माण गर्नुभएको थियो। भूकम्पले कुटी भत्केपछि उहाँकै स्मृतिमा श्री क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको हो।
सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घुम्ती शिविरमार्फत घर गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ११ वटै वडामा घुम्ती शिविर चलाइएको हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन सङ्कायको परीक्षाफल प्रकाशनमा ढिलाइ गर्दा हजारौँ विद्यार्थीमा निराशा बढेको छ। नियमित प्रक्रियाअन्तर्गत ढिलोमा चार महिनाभित्रमा प्रकाशित हुनपर्ने परीक्षाफल वर्ष दिन बित्दासमेत प्रकाशित नगरिँदा उज्ज्वल भविश्यको कल्पना गरिरहेका विद्यार्थीमा तनाव बढाएको हो।
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ।
काठमाडौं, साउन १४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ। शनिबार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो। उहाँका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो। अहिले नेता कोइरालाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशनमा भइरहेको छ।
काठमाडौं, साउन १४ गते । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, डा. बज्राचार्यले भन्नुभयो, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । यसअघि उहाँको उपचार भारतमा भएको थियो । रासस
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।
चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।