• १२ साउन २०८१, शनिबार

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख

blog

फाइल तस्बिर

काठमाडौं, साउन १४ गते । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिनुभयो । 

“उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, डा. बज्राचार्यले भन्नुभयो, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।  यसअघि उहाँको उपचार भारतमा भएको थियो । रासस