• २५ असार २०८१, मङ्गलबार

आज देशभर भारी वर्षाको सम्भावना

blog

काठमाडौं, साउन १५ गते । आज देशभर मेघ गर्जन साथ चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । पुर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपाल हुँदै वाहिरीने भएपनि हाल देशभर मनसुनी चक्र सक्रिय रहेको महाशाखाले जनाएको छ । 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।