• ४ साउन २०८१, शुक्रबार

इजिप्टको कुल बजेट घाटा १०.५ बिलियन अमेरिकी डलरमा झर्‍यो

blog

इजिप्ट, साउन ४ गते । इजिप्टको कुल बजेट घाटा गत आर्थिक वर्षको ६१० अर्ब इजिप्टियन पाउण्डको तुलनामा सन् २०२३/२०२४ मा सम्पन्न आर्थिक वर्ष २०२३/२०२४ मा ५०५ अर्ब इजिप्टियन पाउण्ड (लगभग १०.५ बिलियन अमेरिकी डलर) मा झरेको इजिप्टका अर्थमन्त्री अहमद कौचौकले बताउनुभएको छ ।

आर्थिक वर्ष २०२३/२०२४ मा देशको राजस्व ५९.३ प्रतिशतले वार्षिक वृद्धि भएको कौचौकले बताउनुभयो । उहाँले इजिप्टले २०२३/२०२४ बजेटमा ८५७ बिलियन इजिप्टियन पाउण्डको प्रारम्भिक वचत रेकर्ड गरेको छ । जुन एक वर्ष अघि १६४ बिलियन इजिप्टियन पाउण्ड थियो ।

उहाँले आर्थिक वर्ष २०२४/२०२५ को भविष्यको सम्भावनाको समीक्षा गर्दै आफ्नो मन्त्रालयले बजेट ऋणलाई तलतिर लैजाने लक्ष्य लिएको उल्लेख गर्नुभयो । विगत दुई वर्षमा युएस इजिप्टमा डलरको अभावले स्थानीय मुद्राको अवमूल्यन र समानान्तर मुद्रा विनिमय बजारको वृद्धिका कारण इजिप्टलाई यसको सबैभन्दा खराब आर्थिक सङ्कटमा डुबाएको छ ।

गत वर्ष सुरु भएको प्यालेस्टिनी–इजरायली द्वन्द्वले यो सङ्कट थप गहिरो बन्यो । जसले इजिप्टको पर्यटन क्षेत्रलाई असर गरेको छ र स्वेज नहरबाट हुने राजस्व आधा घटाएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल