महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
राज श्रेष्ठ र अजर सिम्हाले चौंथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । सातदोबाटोस्थित स्क्वास कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिातको पुरुष खुलातर्फ राज र अजरले जित निकाल्नुभयो । राजले राज महर्जनलाई १४–१६, ११–५, ११–५, ७–११, ११–४ ले पराजित गर्नुभयो ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिर नजिकै मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभीरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड अबरुद्ध भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरस्थित घोप्टेभिरमा सडक माथिबाट पहिरो आएको र म्याग्दी क्षेत्रमा पनि दुई ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई हिन्दू परिषद नेपालले २१ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग नेपालको भएकाले फिर्ताको लागि निरन्तर प्रयास र पहलको खाँचो भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ती भूभाग नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभयो ।
दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तात्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध चार लाख ४७ हजार पाँचसय रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा जोशीले आर्थिक वर्ष २०७३–७४ मा फर्निचर खरीद गर्दा कमिसन खाएको आरोप लागेको छ ।
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अधिकांश भवन जीर्ण अवस्थामा रहेको छ । करिब ५० बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहेको क्याम्पस प्रमुख लालमणी आचार्यले जानकारी दिनुभयो । भवन जीर्ण भए पनि त्यही भवनमा पठनपाठनको काम हुँदैआएको छ ।
जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेता–कार्यकर्ताविरुद्ध पक्राउपुर्जी जारी गरेको छ । अदालतले सोमबार हातहतियार तथा खरखजाना मुद्दा, बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध मुद्दा, हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी कसुर गरेको भन्दै ३५ दिने पक्राउपुर्जी जारी गरेको हो ।
नारायणी रंगशाला जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं राखेप सदस्य मानदेव हजाराले सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउनु भएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुई खेलमा लगातार जित निकालेपछि उत्साहित बनेको नेपाल तेस्रो खेलमा आयोजक भारतसँग फराकिलो हार खेपेपछि दबाबमा देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच भेटवार्ता भएको छ । मन्त्री रावलको कार्यकक्षमा सोमबार दिउँसो उहाँहरुबीच भेटवार्ता भएको हो ।
संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत सङ्कलन गर्न निर्देशन दिएको छ ।
कैलालीका दुई पालिकाले थारु समुदायको गुरही पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । कैलारी र जोशीपुर गाउँपालिकाले गुरही पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।