• १० मंसिर २०८१, सोमबार

साफ यू–२० च्याम्पियनसिप : नेपाल दबाबमा

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन १६ गते । भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुई खेलमा लगातार जित निकालेपछि उत्साहित बनेको नेपाल तेस्रो खेलमा आयोजक भारतसँग फराकिलो हार खेपेपछि दबाबमा देखिएको छ । 

उपाधि चुम्ने लक्ष्यका साथ भारत पुगेको नेपालको फाइनल यात्रा गणितीय सम्भावना कायम छ । तर, झिनो सम्भावनाबीच नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुका साथै माल्दिभ्स र भारतबीचको नतिजा पनि नेपालाई फाइदा पुग्नेगरी निस्कनु पर्नेछ ।

अन्तिम खेलमा नेपालले बंगलादेशलाई हरानु पर्नेछ । यदि बंगलादेशसँग बराबरी भएमा माल्दिभ्सले भारतलाई हराईदिए पनि नेपाल फाइनलमा पुग्नेछ । यस्तै नेपालले बंगलादेशलाई हराउने तथा माल्दिभ्स र भारतबीचको खेल बराबरीमा सकिएपनि नेपाल फाइनलमा पुग्नेछ । तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएपछि नेपाललाई अन्तिम खेलमा दबाब थपिएको हो । 

नेपाल र बंगलादेशबीचको खेल साँझ ४:१५ बजे हुनेछ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले पराजित गरेको थियो । पाँच टोली सहभागि प्रतियोगितामा नेपाल तालिकाको तेस्रो स्थानमा छ । नेपालले दुई खेलबाट ६ अंक बनाएको छ ।

समान ६ अंक बनाएको भारत दोस्रो स्थानमा छ । तीनवटै खेल जितेको बंगलादेश नौ अंकसहित शीर्ष स्थानमा छ । एक एक अंक बनाएका माल्दिभ्स र श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएका छन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल भिडन्त हुनेछ ।