• ४ साउन २०८१, शुक्रबार

छत्रदेव गाउँपालिकाका जोशीविरुद्ध भ्रष्टाचार मुद्दा

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १६ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तात्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध चार लाख ४७ हजार पाँचसय रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा जोशीले आर्थिक वर्ष २०७३–७४ मा फर्निचर खरीद गर्दा कमिसन खाएको आरोप लागेको छ । 

जोशी सरुवा भएपछि कार्यालयको स्टोर व्यवस्थापन गर्नेक्रममा सो रकम बराबरको सामग्रीहरु कार्यालयमा मौज्दात नरहेको आयोगले जनाएको छ । आरोपितले हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने दिने गरेको, फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्रीमा वास्तविकभन्दा फरक मूल्य राखेको पाइएको आयोगको ठहर छ । जोशीविरुद्ध विशेषद अदालत काठमाडौंमा आरोपत्र दर्ता गरिएको आयोगले जनाएको छ ।