• ४ साउन २०८१, शुक्रबार

राज र अजरको विजयी सुरुवात

blog

राष्ट्रिय स्क्वास प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : ग्राफिक आर्टस

काठमाडौं, साउन १६ गते । राज श्रेष्ठ र अजर सिम्हाले चौंथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । सातदोबाटोस्थित स्क्वास कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिातको पुरुष खुलातर्फ राज र अजरले जित निकाल्नुभयो । राजले राज महर्जनलाई १४–१६, ११–५, ११–५, ७–११, ११–४ ले पराजित गर्नुभयो । 

अर्को खेलमा अजरले दिब्य बज्राचार्यलाई ११–४, ११–२, ११–३ ले हराउनुभयो । सोही स्पर्धामा विनायक श्रेष्ठले शिव कायस्थलाई ११–८, ११–१, ११–९ तथा रिद्दी शाक्यले सदय प्रधानाङ्गलाई १२–१०, ११–५, ११–७ र गोपाल थापाले प्रयाग जोशीलाई ५–११, ११–१, ११–४, ११–७ ले पराजित गर्नुभएको छ । 

खुला मास्टर्स ५० वर्षमाथि सुरेश शाक्यले रत्न महर्जनलाई १२–१०, ११–७, ११–९ तथा अनिल बज्राचार्यले जुनिल शाक्यलाई ११–५, ११–७, ११–३ ले हराउनुभयो । प्रतियोगितामा पुरुष खुला, महिला खुला, मास्टर्स खुला पुरुष ५० वर्षमाथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी पाँच स्पर्धा समावेश गरिएको छ ।