वैदेशिक रोजगारको चरम विकृतिका रूपमा हत्याका घटना बढ्न थालेका छन्। साउनकै पहिलो साता चितवनको भरतपुर महानगरपालिका–१० मा एक दम्पतीको कारुणिक मृत्युको घटना सेलाउन नपाउँदै सङ्घीय राजधानी काठमाडौँमा परिवार नै सखाप पार्ने गरी अर्को बीभत्स हत्या भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, हैबारस्थित अक्करेभीरमा सोमबार बिहान पहिरो खस्दा चार जिल्लाका बासिन्दाले सास्ती खेप्नुप-यो। आइतबार बेलुकादेखि परेको वर्षाका कारण जमिन गलेर अक्करेभीरमा पहिरो खसेको हो। पहिरो खसेर यातायात अवरुद्ध हुँदा सिन्धुली र रामेछाप जिल्लाको पूर्वी क्षेत्रसहित गन्तव्यमा हिँडेका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरका यात्रुले सास्ती खेप्नुपरेको छ। हैबार निवासी सुवास कोइराला वर्षा भएर जमिन गल्नेबित्तिकै अक्करेभीरले सधैँ सास्ती दिँदै आएको बताउनुहुन्छ। उहाँका अनुसार अक्करेभीरमा पहिरो जान थालेको वर्षौं भइसक्यो, तै पनि त्यसलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न कुनै पनि निकायले चासो देखाएको पाइँदैन।
लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन्। मनसुनजन्य विपत्मा परी ३६ जना घाइते भएका छन्। दुई हजार ५८८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
इटहरी उपमहानगरपालिकाको स्वामित्वमा रहेको इटहरी अस्पताललाई सुविधासम्पन्न बनाइने भएको छ । इटहरीमा स्तरीय अस्पताल स्थापना गर्न माग भइरहेको अवस्थामा अहिले सञ्चालनमा रहेको इटहरी अस्पताललाई नै स्रोत साधन र जनशक्ति थप गर्दै सुविधासम्पन्न बनाइने बताइएको हो ।
पूर्वीपहाडी जिल्लामा परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले उदयपुर र सुनसरी जिल्लाका नदी तटीय क्षेत्रमा तीव्र रूपमा कटान गरेको छ। उदयपुर जिल्लाको बेलका नगरपालिका–८, डुम्रीबोटे र सुनसरीको वराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलङ्काटापु क्षेत्रमा बाढीले कटान गरेको हो। कटान तीव्र हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी कटान नियन्त्रणका लागि परिचालित भएका छन् भने स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। सप्तकोसीमा आएको बाढीले पछिल्लो एक हप्तादेखि दुई जिल्लाको तटीयक्षेत्र कटान गरिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। उदयपुरतर्फ हालसम्म ४०–५० बिघा जमिन कोसीले कटान गरिसकेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईको भनाइ छ।
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू नामकरणको विषयमा गम्भीर नबन्दा र साझा धारणा बनाउन नसक्दा प्रदेश १ को नामकरणमा सहमति हुन सकेको छैन। सबै प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश १ को नामकरणको विषय भने झन्झन पेचिलो बन्दै गएको छ।
काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् । विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । जबराविरुद्धको महाभियोग पाँच महिनाभन्दा लामो समयदेखि विचाराधीन छ । फागुन १ गते प्रस्तावको सूचना दर्ता भई २९ गते प्रतिनिधि सभामा पेस भएको थियो । तर त्यसयता समितिमा पठाउने कार्यसूची बन्न सकेको छैन । विधायिकाले विशेषाधिकार प्रयोग गरेर दर्ता गरेको प्रस्तावले न्यायपालिका प्रमुख निलम्बन भएको लामो समय भए पनि संसदीय प्रक्रिया अघि नबढाइएको हो ।
काठमाडौं, साउन १६ गते । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरस्थित बागमती खोला परिषरमा साँझको आरती हेर्न आउने भक्तजनहरुको घुईंचो । तस्बिरहरु : सागर बस्नेत
बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसअन्तर्गत रहेका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तरूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
राप्ती गाउँपालिका– ३, भालुवाङको पुलबाट देखिएको राप्ती नदी आएको बाढी ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
राज श्रेष्ठ र अजर सिम्हाले चौंथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । सातदोबाटोस्थित स्क्वास कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिातको पुरुष खुलातर्फ राज र अजरले जित निकाल्नुभयो । राजले राज महर्जनलाई १४–१६, ११–५, ११–५, ७–११, ११–४ ले पराजित गर्नुभयो ।