• ४ साउन २०८१, शुक्रबार

सभापति देउवाद्वारा पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

blog

काठमाडौँ, साउन ४ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारिकाज होटल एवम् रिसोर्टका सञ्चालक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको ९२ वर्षको उमेरमा उपचारका क्रममा यही साउन ३ गते निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । सभापति देउवाले स्व. श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पु र्‍य ाउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

स्व.श्रेष्ठ हिमाल मिडिया प्रालिको संस्थापक अध्यक्ष तथा स्पेनका लागि पूर्वअवैतनिक महावाणिज्यदूतसमेत हुनुहुन्थ्यो । साढे छ दशकदेखि नेपालको पर्यटन तथा होटल व्यवसायका क्षेत्रमा अनवरत रुपमा संलग्न रहेर यस क्षेत्रको श्रीवृद्धिमा उहाँले उल्लेखनीय योगदान पु र्‍य ाउनुभएको थियो । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय उहाँले पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्धन र महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । रासस