• ४ साउन २०८१, शुक्रबार

राखेपको आ.व. २०७९/०८० को कार्यक्रम र बजेट पारित

blog

बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङ । तस्बिर : राखेप

काठमाडौं, साउन १५ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औ बैठकले राखेपको आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराको अध्यक्षतामा आइतबार बसेको राखेप बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो ।

बैठकले नवौं राष्ट्रिय खेलकुद, खेलाडीको पुरस्कार र भत्ता लगायत विभिन्न निर्णय पनि गरेको छ । बैठकले नवौं राष्ट्रिय खेलकुदमा खेलाडी र अफिसियललाई दैनिक दुई हजार रुपियाँ भत्ता दिने, प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने, सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टिममा सहभागि हुनु पर्ने, प्रदेश तथा विभागिय टिमहरुलेले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने निर्णय गरेको राखेप सदस्य सचिव टंकलालल घिसिङले जानकारी दिनुभयो ।

वैठकले नवौंका लागि प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण पनि गरेको छ । यसैगरी वैठकले नवौंमा ३६ खेल र दुई वटा प्रर्दशनी खेल समावेश गर्ने, चार सय ७ इभेन्ट्स र ११ वटा टिम सहभागि गराउने निर्णय गरेको छ, एकल प्रतिस्पर्दामा स्वर्णपदक विजेत खेलाडीलाई २५ हजार, टिम ईभेन्टमा स्वर्ण विजेतालार्ई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्ने खेलाडीलाई ५० हजार रुपियाँ पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने, परिषदको कर्मचारी सेवा,शर्त सम्वन्धी विनियम तयार गर्न परिषद् सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन, परिषदको भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति गठन गर्ने  निर्णय गरेको छ । 

यसैगरी  खेल संघ विवाद सहजिकरणमा उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन, परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाईने, २०२३ मा हुने १४औं साग, २०२३ मा हुने १९औ एशियाली खेलकुद (एसियाड), २०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने, ओ एन्ड एम सर्भे समिति गठन, खेलाडी छात्रवास निर्माण गर्ने र मूलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने निर्णय पनि गरेको छ ।