• ४ जेठ २०८१, शुक्रबार

फुटेज गायब हुनु गलत हो : अध्यक्ष ओली

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदएिर छानबिन कार्यलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ । समिति भित्रै रहेका सत्तारुढ दलका सांसदले छानबिन समितिलाई कल डिटेल हेर्न नदिएको टिप्पणी गर्नुभयो ।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो आरोप लगाउनुहुँदै तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज गायब गरिएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सीसीटीभीको फुटेज गायब हुनु गलत हो ।’ 

आजकालको जमानामा कल डिटेल ठूलो प्रमाण भए पनि हेर्न नदिइनु झन त्रुटि भएको उहाँले बताउनुभयो । “ऊ बेला कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु परेमा तामा–तुलसी राखेर कसम खाने चलन थियो” अध्यक्ष ओलीले भन्नुभयो । इन्टरनेशनल राखी बाँध्ने काम पनि सुरु भएको उहाँले चर्चा गर्दै राखीमा राजनीति भएको टिप्पणी गर्नुभयो ।