• ४ साउन २०८१, शुक्रबार

'मिसेस नेपाल कल्चर २०२२' को आवेदन खुल्ला

blog

काठमाडौं, साउन १५ गते । 'मिसेस नेपाल कल्चर २०२२' आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझै वृहत र विस्तारित रुपमा अगाडि ल्याएर उहाँहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पुर्याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक युहानले एक विज्ञप्तिमार्फत प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा जुनसुकै उमेर समूहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । 

यस्तै, प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको यस प्रतियोगिताको पहिलो अडिसन साउन २१ गते हुने भएको छ । 

प्रतियोगिताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारकासाथै विभिन्न अवसरसमेत प्राप्त गर्नेछन् ।