प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था संविधानमै गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले स्टार्टअप नेसन, २०३० कार्यक्रम घोषणा गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको बताउनु भएको छ ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन पाटीभन्ज्याङ–बाहुनेपाटी मध्यपहाडी लोकमार्ग खण्ड निर्माणले तीव्रता पाएको छ । चालु आर्थिक वर्षमा उक्त सडकखण्ड निर्माणका लागि ७६ करोड रुपियाँ विनियोजन भई काम तीव्र गतिमा भइरहेको छ ।
स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग ९एनपिएल० पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।”
नेपालको पुँजी बजार विकास र विस्तारका लागि गैरआवासीय नेपाली (एनआरएन) लाई भित्र्याउनु पर्ने बहस भएको लामो समय भइसकेको छ ।
काठमाडौँ, मङ्सिर १४ गते । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।
शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ ले एक लाख नगद पुरस्कार जितेको छ ।
दीपकराज विश्वकर्माको नयाँ गीत ‘बग्यो गण्डकी’ ले टिकटकमा राम्रो चर्चा बटुलिरहेको छ ।
तीन साङ्गीतिक ब्यान्ड ‘कुमा सागर एन्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एन्ड दी कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् ।
जल उपभोक्ता र सरोकारवालाले सुनसरी–मोरङ सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन माग गरेका छन् । मोरङको कानेपोखरी–३ मा सु
महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा कथाघेरा कौसी थिएटरले ‘ठिकै छ तर... वट वी राइज’ शीर्षकको नाटक मञ्चन गरेको छ ।
नेपाली चलचित्र ‘डोरी’ को शुभमुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ ।
नेपालगन्जमा अब खेलाडीले खेल्न र प्रशिक्षण गर्न पाउने भएका छन् । भौतिक पूर्वाधार निर्माणको बहनामा राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले करिब ६ वर्ष देखि नेपालगन्जमा रङ्गशालामा खेलाडीहरूलाई प्रशिक्षणमा रोक लगाएको थियो । राखेपले सचिवस्तरीय निर्णय गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री एवं तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले खराब इन्जिनियरिङ डिजाइनका कारण पूर्वाधार निर्माणका क्षेत्रमा अपेक्षित लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको बताउनुभएको छ ।
सरकारले सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महसुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने निर्णयलाई नेपाल समुद्रपार निकासी पैठारी सङ्घले स्वागत गरको छ ।