गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल र चीनको समझदारीमा मात्रै बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) कार्ययोजना कार्यान्वयन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गर्न लागएको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा कार्यक्रमको तयारी पूरा भएको छ ।
सुनसरीको गढी गाउँपालिका –६ मा घाममा सुकाइएको गोबरबाट बनाइएका गुइँठा । गुइँठा खाना पकाउन र गाईवस्तुलाई कुडो पकाउन प्रयोग गरिन्छ ।
प्युठान गौमुखी गाउँपालिकाको अर्खा र रजवारा गाउँलाई जोड्ने जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुलको शिलान्यास भएको छ ।
हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०८०–८१ मा पाँच जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । गत वर्ष दुई हजार दुईसय जनाको नमुना परीक्षण गर्दा पाँच जनामा मात्र संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि धेरै नभइ बलियो राजनीतिक पार्टीको आवश्यकता भएको बताउनुभएको छ । कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
हेटौँडा उपमहानगरपालिका –४ स्थित नेपालचोकस्थित घरको दुई तलामाथिबाट खसेर एक मिस्त्रीको काम गर्ने एक जनाको मृत्युभएको छ ।
चिसो बढेसँगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –११ स्थित कलुवापुर बजारमा सिरक बनाउँदै महिला श्रमिकहरु । अहिले जाडोको औषधी सिरकको माग बढेको छ ।
सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ ।
झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा ८७ धारा स्थापना गरिएको छ ।
अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटियामा घुँगी खरिद बिक्री गर्दै स्थानीय । पौष्टिक तत्वले भरिपूर्ण घोङ्घी स्थानीय बजारमा प्रतिकिलो ८० मा बिक्री हुने व्यापारीहरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली, धेरै निजी क्षेत्र