स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिनुभएको छ ।
घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनुहुने भएको छ। रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली ११ बजे यहाँ आउने कार्यक्रम रहेको छ ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता क्षेत्रीय कारागार परिसरमा रहेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् ।
मलेसियाको उत्पादक मूल्य सूचकाङ्क अक्टोबरमा २.४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएको छ ।
हेटौँडा उपमहानगरपालिका–६ मा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
नेपाल संस्कृतिमा धनी छ ।
शनिबार ढिलोसम्म सुत्ने बानी छ मेरो ।
काभ्रेपलाञ्चोक, मङ्सिर १४ गते । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ३ दमारका किसान बारीमा फलाएको आलु खन्दै । आलुले राम्रो बजार पाएको स्थानीय किसान बताउँछन्। तस्बिरः रासस
दाङ, मङ्सिर १४ गते । दाङको घोराही कारागारका कैदी बन्दीले बिक्रीका लागि बनाएका मुढा तथा घर सजावटका सामग्री । कैदी बन्दीहरुले मुढा, गलबन्दी, माछा मार्ने जाल, कपासको बत्ती, गलैँचा, फर्निचरलगायतका सामग्री बनाउने गरेका छन् । तस्बिरः रासस
लमजुङ, मङ्सिर १४ गते । लमजुङ दोर्दी गाउँपालिका ५ सिम्रुङमा बिहीबार साँझ घुम्ती भेडीगोठका भेडाको बथान चर्दै । यस गोठमा ६०० भेडाका बथान छन् । तस्बिरः रासस
साथीहरू, हजुरहरूले पनि जीवनमा कैयौँ पटक असल व्यक्ति बन्न कोसिस गर्नुभएकै होला । हैन त ? हजुरहरूलाई थाहा छ असल व्यक्ति बन्न कस्तो गुण आवश्यक छ ? म हजुरहरूलाई यस्ता गुणका बारेमा भन्छु, है त ?
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग १६ सय क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले जिल्लाका तीन स्थानीय तहबाट एक हजार छ सय ३२ क्विन्टल धान खरिद गरेको हो ।