शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ब्रसेल्स, पुस ८ गते । युरोपेली सङ्घ (इयु)ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि प्रतिबन्ध लगाएको छ । युरोपियन युनियनका सदस्य राष्ट्रले दिमित्री गोर्डेयेभ र ल्युडमिला बालान्डिनामाथि प्रतिबन्ध लगाएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिबन्धअन्तर्गत, रूसी न्यायपालिकाका दुई सदस्यलाई ईयूमा प्रवेश गर्न वा यसको सदस्य राष्ट्रमा रहेको सम्पत्ति प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ । ईयूको विज्ञप्तिका अनुसार यी दुई व्यक्तिले घोर मानव अधिकार उल्लङ्घन, नागरिक समाज र लोकतान्त्रिक पद्धतिको दमन र लोकतन्त्रको अवमूल्यनका लागि जिम्मेवार रहेकाले उनीहरुलाई प्रतिबन्ध लगाइएको हो । रासस/क्यूएनए