थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।
धनुषाको नगराईन नगरपालिकामा चालु आर्थिक वर्षको पाँचौ महिनासम्म पनि आर्थिक कारोबार सञ्चालन हुन सकेको छैन । नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबिच सहमति नहुँदा नगरसभा हुन सकेको छैन, जसकारण नगरपालिकाको आर्थिक कारेबार सञ्चालन हुन नसकेको हो ।
गाजापट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।
हातमा सीप भए भोकै बस्नु पर्दैन । ज्ञानको राजा भनेकै सीप हो । यस्तै सीपसँग सम्बन्धित धेरै भनाइहरु प्रचलनमा छन् । किताबको कुरा पढ्न विद्यालय जानुपर्छ । व्यवहारिक ज्ञान घर, समाजबाट सिकिन्छ भन्ने धारणा छ । तर पछिल्लो समय गाउँ, घर र समाजबाट सिक्न सकिने व्यवहारिक सीप विद्यालयबाट दिन थालिएको पाइन्छ ।
पछिल्लो समय गाउँको खेतबारी बाँझै राखेर बजार झर्ने पद्धतिको विकास भइरहेको छ । गाउँमा भएको प्रसस्त जग्गा बाझै राखेर बजारको घरमा कौसी खेती गर्नेहरुको पनि कमी छैन ।
नसासम्बन्धी रोगले सताएपछि निको हुने विश्वासले तातोपानी डुब्न आएको बागलुङको तमानखोला गाउँपालिका–४,लाम्मेला र मालिका गाउँपालिका–७, बिमबाट आउनुभएका गोपाल हमैलले बताउनुभयो ।
घर–आँगनको श्रृङ्गारका लागि कोरिँदै आएको मिथिला चित्रकला जनकपुरधामको भित्तामा कोरिन थालिएको छ । मिथिला चित्रकलाले मैथिलीवासीकै पहिचान स्थापित गरेको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आयोजनास्थल रहेको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षणको काम सफल भएको छ । काबेली खोलाको पानी प्रयोग गरी निर्माण गरिएको १३.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि गरिएको परीक्षण सफल भएको हो ।
म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिँगा तातोपानीमा स्नान गर्दै सर्वसाधारण ।
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुग्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहका लागि उहाँ लुम्बिनी आउनुभएको हो ।
कालीगण्डकी गाउँपालिकामा छैटौ अध्यक्ष कप खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूलाई काठमाडांैंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिचौलियाको रुपमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ जना लाई पक्राउ गरेको छ । यातायात ब्यबस्था कार्यालय पर्सा र बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुग्नुभएको रूसी समाचार निकायहरूले जनाएका छन् ।