मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग [एनपिएल] फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ ।
रुपन्देहीमा अर्गानिक मल उद्योग स्थापना भएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ ।
चिनी मिलले धमाधम किसानसँग उखु लिएर क्रसिङ सुरु गरेका हुन् । सर्लाहीका तीन वटा चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आइसकेका छन् ।
चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ ।
सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य गत वर्षभन्दा २० रुपियाँ बढाएर मूल्य निर्धारण गरेको छ ।
मौद्रिक सूचकहरूले सकारात्मक लय समाउँदै गर्दा नेपाल राष्ट्र बैङ्कले विद्यमान व्यवस्था यथावत् राखेर चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले इजरायली राजदूतसँग केयरगिभरमा छनोट भएका नेपाली श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
लगानी बोर्डको बिहीबारको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।
विशेष अदालतले पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढासहित छ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । पशु वधशाला निर्माण अनियमित प्रकरणमा अदालतले उनीहरूलाई सफाइ दिएको हो ।
प्रहरीले नक्कली यौनजन्य यार्सागुम्बा औषधी उत्पादन तथा बिक्री वितरण गरी ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ ।
सहकारीको रकम हिनामिनाको आरोप लागेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौँ सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।