नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।
धनगढी उपमहानगरपालिकाको विकासमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।
हेटौँडाको दुई मतदान स्थलमा मतदान केन्द्र निर्णयको काम धमाधम भइरहेको छ । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन हुँदै छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी–३ मिर्मीमा नगर अस्पतालमा केन्द्र सञ्चलनमा ल्याएको हो ।
स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ ।
र्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस र एमाले गठबन्धनको सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सबैले ग्रहण गर्न योग्य दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्न लागेको बताउनुभएको छ ।
तानसेनमा क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा दोस्रो मेयर क्रिकेट कप मङ्सिर १६ गते आइतबारदेखि टुँडिखेल मैदानमा हुँदैछ ।
गोरखा नगरपालिका गोरखाले मङ्सिर १६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन गण्डकी प्रदेश भरि नै एकमात्र गोरखा नगरपालिका–५ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुन गइरहेकाले सार्वजनिक बिदा दिन लागेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले जानकारी दिनुभयो ।
नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोलीले एक करोड ११ लाख रुपियाँ पुरस्कार पाउने भएको छ ।
जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरू बेसी झर्न थालेका छन् । चिसो बढेसँगै लेकमा घाँसको अभाव हुँदै जानु र अत्यधिक मात्रामा चिसोले गर्दा पनि हिमाली भेगमा रहेका भेडा च्याङ्ग्रा बेसी झार्न थालिएका हुन् ।
गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्यान्डमा दुई करोड ७० लाख यूराेको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्यान्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।