प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा झापामा चिनियाँ लगानीमा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ (चीन–नेपालमैत्री औद्योगिक पार्क) को विषय पनि समावेश हुने अपेक्षा स्थानीयले गरेका छन् ।
हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।
गाउँको बिचमा रहेको देवदारुको रुख सय वर्ष पहिलादेखि ठडिएको देखिन्छ ।
नेपाल र चीन सरकारबिचको सम्झौता अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजनामा दुई सरकारले हस्ताक्षर गर्ने टुङ्गो लागेको छ ।
स्थानीय तह उपनिर्वाचन, २०८१ को मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत अद्यावधिक गर्ने भएको छ ।
थारु समुदायभित्र पर्ने कठरिया जातीको मातृभाषा संरक्षणका लागि शब्दकोष प्रकाशन भएको छ । मातृभाषा केन्द्र नेपालको सहयोगमा कठरिया समाज नेपालले शब्दकोष प्रकाशनमा ल्याएको हो ।
शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वनमा रहेको चितलको बथान ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपियाँले बढाएको छ ।
जाजरकोटमा सडक स्तरोन्नतिको व्रmममा माटोको ढिस्को खसेर चार जना पुरिएर गम्भीर घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग हुँदै जुनीचाँदे गाउँपालिका २ देसीपाटा सडक खण्डमा स्तरोन्नतिको काम गरिरहेका कामदार माटोको ढिस्को खसेर पुरिएका हुन् ।
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदको लागि आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूराभएको छ।
कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो।
नेपालकी कराते स्टार एरिका गुरुङ्गले सिंगापुरमा जारी १६औँ एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ भेटवार्ता भएको हो।
सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीले समूहले नियन्त्रण गरेका छन् । सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ ।