• १५ असार २०८१, शनिबार

ओखलढुङ्गामा पहिरोमा परेर एकको मृत्यु, दुई घाइते

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार १२ गते । गए राती देखी परेको अविरल वर्षा सँगै आएको पहिरोले घर र गोठ पुरिदा एक जनाको ज्यान गएको छ । दुई गम्भीर घाइते हुनुभएको छ । 

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ वर्षीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको कच्ची घर पुरिदा उहाँकी श्रीमती ३५ वर्षीय देव कुमारी खत्रीको घटना स्थलमै ज्यान गएको हो । 

पहिरोमा परि खत्री आफै र १८ वर्षीय छोरी मेनुका खत्री गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । पहिरोमा पुरिएका तीन वटा भैँसी र १४ वटा बाख्राको जीवितै उद्धार गरिएको छ ।