नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहनप्रसाद ज्ञवालीको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ८ः३० बजे काठमाडौँको धापासीस्थित हरिहर मन्दिरको सिँढीमा लडेर गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई महाराजगन्ज वृत्तबाट खटिएको प्रहरी र स्थानीयले उद्धार गरी शिक्षण अस्पताल पुर्याएका थिए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । चीनको तीन दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा अहिले जनकपुर बोट्ल्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ ।
भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौँ मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ ।
पप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश आर्थिक सुधारको मार्गमा हिँड्न सफल भएको बताउनुभएको छ । हालको सरकार स्थायी भएकाले लगानी मैत्री वातावरण बनिरहेकोले समृद्धिको पथमा हिँडेको उहाँको भनाइ थियो ।
तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण कार्य पालिकाबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएकोमा सेवाग्राहीको सहजकताका लागि पालिकाबाटै वितरण गरिने भएको हो ।
लेबनान र इजरायलबिचको युद्धविराम सम्झौता बुधबारदेखि लागू भएपछि हजारौं विस्थापित लेबनानीहरूले आफ्नो सामानहरू जम्मा गरेर दक्षिणी लेबनानमा आफ्नो घर फर्किएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरूलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ ।
वनमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले निकुञ्जलाई पर्यटनसँग जोड्न खोजिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनतालाई समृद्धितर्फ लैजान सरकारले वनलाई पर्यटनसँग जोड्न खोजिरहेको बताउनुभएको हो ।
दाङमा लैङ्गिक हिंसाका घटना वृद्धि भएका छन् । विगत चार वर्षको अवधिमा भएका अपराध तथा हिंसाका घटनाको तथ्याङ्कले पछिल्लो समय जिल्लामा लैङ्गिक हिंसासम्बन्धी घटनाहरु वृद्धि भएको देखाएको छ ।
किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमचितुवा’ सम्मानित हुनुभएको छ ।
लागू औषध खैरो हेरोइन सहित कैलाली प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
लमजुङ, मङ्सिर १५ गते । लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङमा शनिबार बिहान घुम्ती भेँडीगोठका बाख्राको दूध दुँदै भेडी गोठाला दुरजङ्ग गुरुङ । तस्बिरः रासस
आसन्न उपनिर्वाचनको संघारमा सुनसरीको गढी गाउँपालिका–६, सत्तेरझोरा बजारमा शुक्रबार गस्ती गर्दै नेपाली सेना । आइतबार हुने गढी–६ को उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार मैदानमा छन्।
सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा निर्माण भएका १२ वटा घर शुक्रवार सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले हस्तान्तरण गर्नुभएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर–४ दानुवाफाँटाका १२ घरपरिवार मुक्त कमैयालाई उक्त नवनिर्मित सुरक्षित आवास हस्तान्तरण गरिएको हो ।