खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ नेर्पास्थित हरेलोडाँडा नजिकै सञ्चालित शुभ कृषि फार्ममा लटरम्म फलेको किवी । खोटाङमा यस वर्ष किवी उत्पादन दोब्बर वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनतान्त्रिक तराई मुक्ती मोर्चा (भूमिगत समुह) का संयोजक जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताउनुभएको छ ।
बसले ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्य भएको छ । एक जना घाइते भएका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड नम्वर ६ धाराबजारमा बुटवलबाट सुपा देउरालीमा पिकनिकका लागि आएको लु २ ख १४१५ नम्वरको बसले ठक्कर दिँदा एक जनाको मृत्युु भएको हो ।
जाजरकोटमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज शुक्रबार बेलुका ७ बजेको समयमा भेरी नगरपालिका –१ रावतगाउँस्थित भेरी करिडोरमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उहाँहरूलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । मङ्सिर १८ गते देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ विधाका विभिन्न इभेन्टमा सामुदायिक र संस्थागत गरी जम्मा ५३ विद्यालयबाट तीन हजार ४५४ जना विद्यार्थी खेलाडी सहभागी हुने छन्।
कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शुक्रबार भेटवार्ता भएको छ। चीनको छन्दु सहरमा शुक्रबार अपराह्न उहाँहरुबिच वार्ता भएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएलको आयोजनालाई लिएर आफू उत्साहित रहेको बताएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गरिने बताउनुभएको छ।
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गर्नुभएको छ।
गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिनुभयो।
जापानी कम्पनी पानासोनिकले एआई अवतारको रुपमा ‘गड अफ म्यानेजमेन्ट’ फिर्ता ल्याएको छ । यसले तपाईंको सबै व्यावसायिक प्रश्नहरुको जवाफ दिन तयार हुनेछ ।
जिहादी र उसका टर्की समर्थित सहयोगीहरुले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् ।