जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजापछि ठूलो प्रोत्साहन प्याकेजका लागि थप बजेट स्वीकृत गरेको छ ।
अछाममा कार्यरत नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो ३ः३० बजेबाट आजका लागि बयान सकिएको हो ।
बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ । वातावरण विद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् । ‘एयर क्वालिटी इन्टेक्स’ का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सय ५५ एक्युआइ छ । यो समाचार तयार गर्दासम्मको अवधिमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा अद्यावधिक गर्ने भएको छ।
नवलपुरमा द्वन्द्वपीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि सबै पालिकामा उपसमिति गठन भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्नले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बाँकेको डुडुवा गाउँपालिका ५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यवस्थित रुपमा बहुआयामिक बैकुण्ठधाम निर्माण सहयोगार्थ सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ ।
इलामको सूूर्योदय नगरपालिकाको कन्यामस्थित श्रीकृष्णाश्रम माविमा विज्ञान तथा गणित प्रदर्शनी सुरु भएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो ।
जिल्ला अस्पताल बैतडीको फोहोर निर्मलीकरण गर्ने एक करोड रुपियाँको अत्याधुनिक मेसिन जडान नहुँदा त्यतिकै थन्किएको छ ।
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
बुटवल गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्व तयारीको काम सुरु गरेपनि सडक खन्ने काम भने अझै दुई महिना ढिलोगरी हुने भएको छ ।