• १८ मंसिर २०८१, मङ्गलबार

कन्याममा विज्ञान प्रदर्शनी सुरु

blog

विद्यार्थीले बनाएको कलालाई अवलोकन गर्दै सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, मङ्सिर १४ गते । इलामको सूूर्योदय नगरपालिकाको कन्यामस्थित श्रीकृष्णाश्रम माविमा विज्ञान तथा गणित प्रदर्शनी सुरु भएको छ । नगरपालिको १२ महिना बाह्रै कार्यक्रम अन्तर्गत प्रर्दशनी सरु भएको हो । 

प्रदर्शनीमा नगरक्षेत्रभित्रका २९ विद्यालय सहभागी छन् । सबै विद्यालयले आफ्ना विद्यार्थीले बनाएका गणित तथा विज्ञानका मौलिक वस्तुहरु प्रदर्शनीमा राखिएको छ । 

विद्यार्थीहरुले धेरै परिस्कृत रुपमा प्रदर्शनी गरेको पाइएको सूूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । "पढाइ मात्र नभएर प्रयोगात्मक सिकाइ बढी प्रभावकारी भएकाले विद्यार्थीलाई केन्द्रित गर्न यो प्रदर्शनी आयोजना गरिएको छ," राईले भन्नुभयो, "एक आपसको सिकाइ आदान प्रदान र प्राविधिक जनशक्तिको निर्माण, व्यावहारिक ज्ञान र भविष्यका लागि रोजगारीको बाटो देखाउने एउटा थलोको रुपमा पनि यो प्रदर्शनी प्रभावकारी छ ।"   

नगरपालिकाले वर्षेनी विज्ञान तथा गणित प्रदर्शनी गरेर विद्यार्थीहरुलाई सिकाइमा प्रतिस्पर्धा गराउने गरेको छ ।प्रदर्शनी भोलिसम्म चल्ने जानकारी गराइएको छ ।