शेरबहादुर सार्की
बाजुरा, पुस २१ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराले प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट ११ जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ ।
गत सोमबार नेकपा एमाले बाजुराले प्रतिनिधि निमार्वाचनका लागि नेकपा एमालेबाट उम्मेद्वारको नाम सिफरिस गर्ने गरी बैठक बसेको थियो ।
त्यसमा ११ आकाङ्क्षी रहेका थिए । आकाङ्क्षी रहेकाहरुमा एक आपसमा सहमति नजुटेपछी उनीहरुको नाम प्रदेशमा पठाएको नेकपा एमाले बाजुुराले जनाएको छ ।
पार्टीको आन्तरिक छलफल तथा जिल्ला कमिटीमार्फत प्रदेशमा नाम सिफारिस गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराका सचिव काँशी विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिफारिस गरिएकाहरुमा कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया लोकेन्द्र शाही, काशीबहादुर विक र रामलाल कार्की रहेका छन् ।”
प्रदेशमा पनि पुस २२ गते बैठक बस्ने भएको छ । त्यहाँ पनि सहमति भए हुन्छ । यदी भएन भने प्रदेशले पनि केन्द्रमा नाम सिफारिस गर्ने सचिव विकले बताउनुभयो ।