• १८ मंसिर २०८१, मङ्गलबार

असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन

blog

शिवराज ढुंगाना 

मंगलसेन, मङ्सिर १४ गते । अछाममा कार्यरत नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–६ भैरवस्थान प्रहरी चौकीका इन्चार्ज असई किसनबहादुर चन्दले आफैंलाई बिहीबार राति गोली प्रहार गरेका हुन् ।

चन्दले आफैंले बोकेको पेस्तोलले बिहीबार राती करिब ९ः३० बजे बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइते भएका चन्दलाई घटना लगत्तै सुर्खेत हुँदै कोहलपुर मेडिकल कलेजमा उपचार लागि लगिएको थियो । 

आइसियुमा राखेर उपचार भइरहेको चन्द उपचाररत चन्द बोल्न सक्ने अवस्थामा छन् । गोली प्रहार घटनाको बारेमा सात दिन भित्र प्रतिवेदन बुझाउने गरेर कमलबजार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वमा एक छानबिन समिति गरेर अनुसन्धान थालिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।