• १८ मंसिर २०८१, मङ्गलबार

रवि लामिछानेको आजको बयान सकियो

blog

काठमाडौं, मङ्सिर १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो ३ः३० बजेबाट आजका लागि बयान सकिएको हो ।

आइतबार बयानलाई निरन्तरता दिनेगरी आजका लागि बयान सकिएको बताइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कात्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मङ्सिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उहाँलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।