अपाङ्ग समाज जनकपुरधामले नेपाल रेल्वेमा यात्रा गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै विशेष व्यवस्था गर्न माग गरेको छ ।
तेस्रो तेस्रो राष्ट्रव्यापी र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि शैलेन्द्र न्यौपाने र सिन्दिरा जोशीले जित्नुभएको छ ।
सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ।
एचआइभी एड्स सङ्क्रमण दर धेरै घटे पनि सुदूरपश्चिम प्रदेशमा अझै अनुमानित चार हजार २६५ जना एड्स सङ्क्रमित रहेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बरको बैंक बनाउनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बीनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उदघाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुरालाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी ठगीमा जोसुकै भए पनि कारबाही गरेर छाड्ने बताउनुभएको छ ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ ।
गाजा पट्टीमा युद्धविराम सम्झौतामा इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कायरो आइपुग्नेछ ।
मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षापछि आएको बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो ।
चाणक्य कलेजका विश्वराम कुँवर र लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता भुजेल वैकुण्ठ मानन्धर अन्तरविद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चिया क्षेत्रका समस्या समाधान गर्न र उत्पादन बढाएर निर्यातको वातावरण बनाउन कोशी प्रदेश सरकार लागि परेको बताउनुभएको छ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नलगाड नगरपालिका–१२ वीरेन्द्र हिमालय माध्यमिक विद्यालयमा मतदान स्थलको संरचना निर्माण हुँदै । यहाँ उपप्रमुखको चुनाव हुँदैछ ।
गाउँको बिचमा रहेको देवदारको रूख सय वर्ष पहिलादेखि ठडिएको देखिन्छ। जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय अगाडि उत्तरतर्फ क्षेत्रबहादुर कठायतको घरकै आडमा रूख एक सय ६० वर्षदेखि उस्तै छ।