• २८ मंसिर २०८१, शुक्रबार

म्यानमामा ३१ जना थाई चालक दलका कर्मचारी पक्राउ, एकको मृत्यु

blog

बैङ्कक, मङ्सिर १५ गते । थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो । उक्त भिडन्तमा एक व्यक्तिको मृत्यु भएको नौ सेना कमान्डरले जानकारी दिनुभयो ।

दक्षिणी प्रान्त रानोङका नौसेना कमाण्डर सुवात डोन्साकुलले भन्नुभयो,“एक थाई माछा मार्ने व्यक्ति डुबेको र ३१ जनालाई म्यानमा लगिएको छ । उनीहरूलाई कसले हिरासतमा राखेको छ भनी बताएको छैन ।” शनिबार घटना भएको बेला म्यानमाको जलक्षेत्रमा धेरै थाई माछा मार्ने डुङ्गा चलिरहेको सुवतले बताउनुभयो ।

“मृतकले आक्रमणको क्रममा पानीमा हाम फाले,” उहाँले थप्नुभयो । सुवतले स्थानीय अधिकारीहरूलाई म्यानमाका समकक्षहरूसँग वार्ता गर्न निर्देशन दिएको बताउनुभयो । थाइल्यान्डको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भन्नुभयो,“उनीहरूको रिहाइ सुरक्षित गर्न म्यानमा पक्षसँग पनि वार्ता हुनेछ ।”

थाइल्यान्डको माछापालन विभागको वेबसाइटमा रहेको सूचना अनुसार थाई माछा मार्ने डुङ्गाहरू अवैधरुपमा म्यान्माको पानीमा चलिरहेका छन् । यसले दुई देशबिच तनाव बढाएको छ । रासस/एएफपी