• २८ फागुन २०८२, बिहिबार

मुस्ताङका याकचौँरी बुकी पुर्‍याइँदै

blog

बेंसीको चरन क्षेत्रमा याक र नाक । तस्वीर: हरिकृष्ण शर्मा/मुक्तिनाथ

हरिकृष्ण शर्मा

मुस्ताङ, फागुन २८ गते । मुस्ताङको थासाङ गाउँपालिका–२, छाक्ताङको चरन क्षेत्रमा चर्दै गरेका याक र नाक । कठोर हावापानीमा हुर्किने याक र नाकलाई अत्यधिक चिसो (ऋणात्मक तापक्रम) छल्न बेंसीमा झारिएकोमा फागुन महिना लागेसँगै धमाधम उच्च लेकमा रहेको बुकीमा लैजान थालिएको छ ।

जिल्लाको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका २३ वटा गोठमा दुई हजार ४५० तथा थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका ३९ गोठमा दुई हजार ६५० याक र नाक रहेको कृषि तथा भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।