• १८ मंसिर २०८१, मङ्गलबार

शैलेन्द्र र सिन्दिरालाई र्‍यापिड बुद्धिचाल उपाधि

blog

बुद्धिचाल उपाधि विजेता खेलाडीहरु ।

काठमाडौँ, मङ्सिर १५ गते । तेस्रो तेस्रो राष्ट्रव्यापी र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि शैलेन्द्र न्यौपाने र सिन्दिरा जोशीले जित्नुभएको छ ।

साँखुमा शनिबार सम्पन्न पुरुष दुई हजार रेटिङ्ग मुनि शैलेन्द्र र महिलातर्फ  १६५१ रेटेड सिन्दिरा च्याम्पियन बन्नुभएको हो । शैलेन्द्रले अपराजित रहँदै उपाधि जित्नुभयो । पुरुषतर्फ १८२५ रेटेड कमल श्रेष्ठ दोस्रो र १८४२ रेटेड सुमन लामा तेस्रो हुनुभयो ।

महिलामा १५६९ रेटेड पुनम प्रसाईँ दोस्रो र १६५७ रेटेड शान्ति धिमाल तेस्रो हुनुभयो । विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । दुई दिने प्रतियोगितामा १९०० रेटिङ्ग मुनि ४० जिल्लाका एक सय चार खेलाडीको सहभागिता रहेको थियो ।

विजेतालाई नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, प्रतियोगितामा संयोजक कुमार महर्जन, प्रमुख निर्णायक आइए ज्ञानेन्द्र खाइजूलगायतले पुरस्कार प्रदान गर्नुभयो ।