पुतलीबजार नगरपालिका–५ मा शनिबार मोटरेबल पुलको शिलान्यास गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।
गाउँ गाउँ घुमेर मह बेच्ने १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी बसपार्क नजिकैको आँधी खोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच क्विन्टल भन्दा बढी मह बरामद गरेको छ ।
मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापनागृह बाँकेले जोखिममा रहेका २९८ जनालाई नेपाल–भारत नाकाबाट उद्धार गरेको छ ।
पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला पनि भएको छ ।
दाङको घोराही–तुलसीपुर सडकखण्डमा थप तीन पुल निर्माण हुने भएका छन् ।
राज्यले लाखौँ रुपियाँ खर्चेर बनाएका सरकारी सम्पत्तिको संरक्षण हुन सकेको छैन । सदरमुकाम तम्घासको मुटुमै रहेको थ्रिडी पार्क बर्सौंदेखि प्रयोगविहीन छ ।
मोबाइल फोनको टावरले काम नगर्दा दुर्गम भेगका बासिन्दा फोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन् ।
आमाबुवा गुमाएपछि बेसहारा बनेका यहाँका बालबालिकालाई जाडो छल्ने न्यानो लुगा नहुँदा कठ्याङ्ग्रिन थालेका छन् ।
ताप्लेजुङको हिमाली बस्ती लेलेप घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न सुरु भएपछि चिसो छल्न अर्थात् चिसोबाट जोगिनलाई घुन्साका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता, कार्यकर्ताले पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रन्ट रिसोर्टको पर्खाल भत्काएका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता, कार्यकर्ताले शनिवार साँझ कर्ण शाक्यको रिपोर्टको पर्खालको केही भाग भत्काएका हुन् ।
नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ४४ जनालाई एचआइभी एड्स सङ्क्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुर बाहिरका व्यक्ति हुन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की टीकापुर सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
कञ्चनपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरेर आफ्नो श्रीमतीको हत्या गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न आवश्यक कानुन ल्याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा