उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे –७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे –७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ मा उत्साहपूर्वक मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विहान ७ बजे सुरु भएको मतदान बिहान ११ बजेसम्म १ हजार ६ सय ४७ मत खसेको छ ।
जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ ।
झापाको दमक नगरपालिका –४ ले नसर्ने रोग रोकथाम तथा व्यवस्थापनका लागि एक महिना लामो केएचडीसी स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । शहरी स्वास्थ्य केन्द्रमार्फत रगत र पिसाव जाँच गरेर मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सो सम्वन्धी रोगको पहिचान सुरु गरिएको हो ।
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा झण्डै २६ सय मतदाताले मतदान गरेका छन् ।
वडाध्यक्षको उपनिर्वाचनका लागि रामगोपालपुर –२ मा निर्धारित समयमा मतदान सुरु भएको छ । वडाको मोहनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विधालयको मतदानस्थलमा विहानैदेखि मतदाताको लाम लागेको छ ।
आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।
दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमुना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ ।
म्याग्दीको पर्यटकीय तथा धार्मिक स्थल गलेश्वरधाममा बालाचतुदर्शी पर्वको अवसरमा आयोजित मेलामा बिक्री गर्नका लागि राखिएका डाला । ग्रामीण भेगमा खाद्यान्न लगायतका सामान राख्ने प्रयोजनका लागि डालाको प्रयोग गरिन्छ ।पछिल्लो समय प्लास्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्कँदो छ ।
सुर्खेत, मङ्सिर १६ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट आइतबार बिहान देखिएको सूर्योदयको मनमोहक दृश्य । तस्बिर ः रासस
सिन्धुली, मङ्सिर १६ गते । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ माझकुभिन्डेस्थित जुनार बगैँचाबाट जुनार बिक्री गर्न बजार लैजाने तयारी गर्दै किसान । तस्बिर ः रासस
गोरखामा उपनिर्वाचन भइरहेको गोरखा नगरपालिका – ५ मा मतदान जारी छ । वडाध्यक्षको लागि भएको निर्वाचनमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । दुवै मतदान स्थलमा बिहान ८ बजेसम्म मतदाताको उपस्थिति बाक्लो नभए पनि ९ बजेबाट मतदाताहरू मतदान स्थलमा बाक्लो उपस्थिति देखिएको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिनुभयो ।
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा शान्तिपूर्वक मतदान सुरु भएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको बिहान सात बजे देखि शान्तिपूर्वकबाट मतदान सुरु भएको हो ।